तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु « Khabarhub

तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

लखनउ– उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिंदा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार सो दुर्घटना  परी मृत्यु हुनेको संख्या बढ्न सक्छ । 

जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारण यस दुर्घटनामा परी ठूलो सङ्ख्यामा मानिसले ज्यान गुमाएका हुन ।

यस दुर्घटनामा ठूलो सङ्ख्यामा मानिसको ज्यान गएको छ भने कैयौँ व्यक्ति गम्भीर घाइते भएका छन् । ४ बालबालिकालाई गम्भीर अवस्थामा अस्पताल पठाइएको छ । दुर्घटनामा परी ट्याक्टरमा सवार सबै जैथरा थानाको छोटा कासा गाउँका बासिन्दा हुन् । माघ पूर्णिमाको अवसरमा यी मानिसहरू कासगञ्जको पटियालीस्थित कादरगञ्ज गंगाघाटमा गंगा स्नान गर्न गइरहेका थिए। 

यो दर्दनाक दुर्घटना दरियावगञ्ज पटियाली सडकको गढई गाउँ नजिक भएको हो । उद्धार र उपचार दुवै जारी रहेको स्थानीय प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १ : १६ बजे

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास– अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ

गोविन्दाको चेतावनीपछि पत्नी सुनिताको नयाँ मार्ग : ‘अब प्रेमभन्दा काम र पैसालाई प्राथमिकता दिन्छु’

काठमाडौँ– बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजा फेरि एकपटक चर्चामा

पश्चिम एसिया तनावबीच अमेरिकी राष्ट्रपति ट्रम्प बुधबार चीन पुग्दै

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी सी चिनफिङको निमन्त्रणमा आगामी

राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको