वाफ वुमन्स च्याम्पियनसिप : प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित « Khabarhub

वाफ वुमन्स च्याम्पियनसिप : प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो ।

नेपालका लागि सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले एक/एक गोल गरे। सावित्रा भण्डारीले नेपालका लागि ४२ औं मिनेटमा गोल गरेकी थिइन् ।

त्यस्तै खेलको ५९ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याएकी थिइन् । भने भण्डारीले ७८ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । त्यस्तै गीताले खेलको अतिरिक्त समयमा नेपालले पाएको पेनाल्टी सदूपयोग गर्दे गोल गरेकी थिइन् ।

यसअघि नै प्रतियोगिताको सेमिफाइन पुगेको नेपाल आजको जितसँगै समूह ‘बी’ काे विजेता बनेको छ । भने प्यालेस्टाइन उपविजेता बनेको छ । समुह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् । नेपालले अब मंगलबार सेमिफाइनलमा लेबनानको सामना गर्नेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ५७ बजे

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत