लुम्बिनी उद्यानमा त्रि–दिवसीय त्रिपिटक वाचन हुने « Khabarhub

लुम्बिनी उद्यानमा त्रि–दिवसीय त्रिपिटक वाचन हुने


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले भगवान् बुद्धको जन्मस्थलबारेको भ्रमलाई चिर्न र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान विश्वभर स्थापित गर्न यस अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सहयोगीसिद्ध हुने विश्वास प्रकट गरे ।

बुद्धले आफ्नो जीवनकालमा उपदेश दिएका ८४ हजार धर्मस्कन्धहरु सूत्र पिटक, विनय पिटक र अभिधर्म पिटक गरी तीन भागमा सङ्गृहीत छन् । त्रिपिटकका हरेक धर्मस्कन्धको अध्ययन र अभ्यासले सुख, शान्ति र मानव कल्याणको मार्ग प्रशस्त गर्ने र यसको सश्रद्धा एवं सगौरव गरिने वाचन र श्रवणले असीमित पुण्य सञ्चय हुने विश्वास छ ।

भारतको बुुद्धगयामा हरेक वर्ष १० दिन त्रिपिटक पाठ गर्ने चलन छ भने अन्य बौद्ध देशहरुमा पनि श्रद्धापूर्वक त्रिपिटक पाठ हुने गर्छ । पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका महासचिव भिक्षु धर्मगुप्त महास्थविरले विश्वभर शान्ति र मैत्रीको सन्देश फैलाउने र करुणाभाव जगाउने उद्देश्यले आयोजना गर्न लागिएको तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन –२०८० लाई भव्य रुपमा सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्दो सहभागिता जनाउन सबैमा आह्वान गरे ।

कार्यक्रम मुताविक पहिलो दिन फागुन २० गते समुद्घाटन समारोह अघि बिहान ८ बजे त्रिपिटक शोभा यात्रा निकालिने छ भने फागुन २२ गते साँझ दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने छ । यस कार्यक्रममा १२ राष्ट्रका बौद्ध धर्मगुरुहरु, भिक्षुहरु तथा प्रतिनिधिहरु सहभागी रहने बताइएको छ ।

भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविरका अनसार यस कार्यक्रम अन्तर्गत १ हजार २५० जनालाई प्रवज्या दिलाई उनीहरुलाई त्रिपिटक वाचन कार्यक्रममा सम्मिलित गराइने छ । त्यसैगरी, भिक्षु महासङ्घबाट लुम्बिनीमा दोस्रो चरणको निर्माण सम्पन्न भएको सङ्घावासको पनि उद्घाटन गरिने कार्यक्रम छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : ५३ बजे

नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

ललितपुर– कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोक बहादुर

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

काठमाडौं– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख

लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’

काठमाडौं– लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा