ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै | Khabarhub Khabarhub

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो ।

बहुवर्षे योजनाअनुसार चार वर्ष अगाडि सम्झौता गरे पनि कोभिड–१९ का कारण केही समय काम प्रभावित बनेको थियो । अहिले उक्त कामले तीव्रता पाएको छ ।

ढोरपाटन नगरपालिका–६ दोगाडी हुँदै गाडीखोला–चामिद्वारा–छेन्तुङ ढोरपाटन सडक राष्ट्रिय प्रथामिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको विकल्पको रुपमा लिइन्छ ।

दूरदराजका गाउँ छिचोल्दै ढोरपाटन पुग्ने उक्त सडक सिकार आरक्ष कार्यालयको अवरोधका कारण ढोरपाटन उपत्यका जोड्न सकिएको छैन । हाल दोगाडीदेखि खानी गाउँसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्दै आएको छ ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले सडक कालोपत्रे हुँदै आएको हो । २५ करोड २६ लाखमा सम्झौता भएर काम हुँदै आएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले तीन करोड मात्र विनियोजन गरेको भन्दै बजेट थप नभए यस वर्ष पनि कालोपत्रेले पूर्णता पाउन नसक्ने उनको भनाइ छ ।

हालसम्म करिब ९० प्रतिशत कालोपत्रेको काम सकिएको उनले जानकारी दिए । चालु आवमा सडक कालोपत्रेका मंसिरदेखि सुरु भएको जनाउँदै जिम्मा पाएको निर्माण कम्पनीले निरन्तर काम गरी रहेको उनको भनाइ छ ।

उनले बजेट थप भए यस वर्ष कालोपत्रे सक्ने गरी काम भएको बताए । काम पूरा गर्न अझै थप चार करोड बजेट आवश्यकता रहेको छ । गत वर्ष करिब छ करोडको काम भएको उनले बताए ।

यस सडक ढोरपाटन नगरपालिकाको वडा नम्बर ६ हुँदै वडा नम्बर ९ ढोरपाटन जोडिएको छ । भौगोलिक विकटताका कारण यातायातको पहुँचभन्दा बाहिर रहेका नागरिकले यस सडकले जोडेको छ ।

यस सडकमार्फत ढोरपाटन पुग्नसमेत सहज र छिटो हुने ढोरपाटन–६ का अध्यक्ष उमेश बुढा मगरले बताए । करिब चौध वर्षपछि कालोपत्रेले पूर्णता पाउन थालेको जनाउँदै यसले यस क्षेत्रका नागरिकसँगै ढोरपाटन पुग्ने पर्यटकलाई सहज बनाउने उनको भनाइ छ ।

ढोरपाटन जोड्न छ किलोमिटर बाँकी रहेको उनले जानकारी दिए । ढोरपाटन सिकार आरक्ष कार्यालयले विभिन्न कारण देखाएर अवरोध पु¥याउँदा हालसम्म सडक जोडिन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ५५ बजे

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने 

काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

हैजा नियन्त्रणका लागि काठमाडौं महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

काठमाडौं– काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा 

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन्

अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको