साउदी प्रो लिग : अल शबाबमाथि अल नासरको जित « Khabarhub

साउदी प्रो लिग : अल शबाबमाथि अल नासरको जित


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा अल शबाबलाई ३–२ गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरका लागि टेलिस्कालाईले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यस्तै, अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक–एक गोल गोल फर्काएका थिए।

खेलको २१औँ मिनेटमा अल नासरका लागि रोनाल्डोले पेनाल्टी गोलमार्फत सुरुवाती गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा कारास्कोले पेनाल्टीमार्फत गोल गर्दै अल शबाबलाई बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको सुरुमै टेलिस्काले गोल गर्दै अल नासरलाई २–१ को अग्रता दिलाए । खेलको ६७औँ मिनेटमा शबाबका कार्लोसले खेललाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८६औँ मिनेटमा टेलिस्काले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासलाई ३–२ को जित दिलाए ।

यो जितसँगै २१ खेलबाट ५२ अंक जोडेको अल नासर दोस्रो स्थानमा छ । पराजित अल शबाब समान खेलबाट २४ अंकका साथ ११औँ स्थानमा छ ।

 

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : २३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर