नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीको सक्रियता « Khabarhub

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीको सक्रियता


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका लागि सक्रियता बढाएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार चालु आवको हालसम्म नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न १८ वटा ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

कृष्णपुर नगरपालिकाबाट चार वटा र शुक्लाफाँटा नगरपालिकाबाट १४ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले बताए। 

‘नदीजन्य पदार्थको अवैधरुपमा चोरी निकासीमा संलग्न रहेका कारण नियन्त्रणमा लिएका ट्र्याक्टरलाई सम्बन्धित नगरपालिका कार्यालयमा बुझाएका छौँ’, उनले भने, ‘प्रचलित कानुनअनुसार नगरपालिकाले ट्रयाक्टर मालिकबाट जरिवाना असुलउपर गर्दै आएको छ ।’

शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न रहने गरेका यस्ता ट्र्याक्टरबाट रु १५ हजार र कृष्णपुर नगरपालिकाले रु ५० हजारका दरले जरिवाना असुलउपर गर्दै आएको छ । 

त्यसैगरी कृष्णपुर नगरपालिकाले अवैधरुपमा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने ट्रयाक्टरबाट रु दुई लाख र शुक्लाफाँटा नगरपालिकाले रु दुई लाख १० हजार रकम असुलउपर गरेको छ ।

कृष्णपुर नगरपालिकाले दोदा (मछेली) नदीमा हाल ठेक्का लगाई नदीजन्य पदार्थको उत्खननको काम गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि हालैमात्रै ठेक्का आह्वान गरेको छ ।

नदीजन्य पदार्थ चोरीनिकासी रोक्नका लागि रातदिन निगरानी बढाउनु परेको शुक्लाफाँटा नगरपालिका– ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताए । वडाको धारापानी, अनौखी, गौडी, घरकुटवावनहरा खोलाबाट नदीजन्य पदार्थको चोरीनिकासी हुने गरेको छ । 

स्थानीय बासिन्दाका अनुसार शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि बोलपत्र आह्वान गरे पनि खोला क्षेत्रबाट आधाभन्दा बढी नदीजन्य पदार्थ चोरीनिकासी भइसकेको छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : १५ बजे

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक