२४ किलो चरेशसहित पाँचजना पक्राउ « Khabarhub

२४ किलो चरेशसहित पाँचजना पक्राउ


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका-४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रूकुम भुमे गाउँपालिका-२ घर भई दाङ लमही नगरपालिका-४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छन् । 

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट नेपालबाट भारततर्फ जाँदै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम, रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषध चरेश जस्तो देखिने बस्तुसहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका-१ शिवानगरबाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशजस्तो देखिने बस्तुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र