मिटरब्याजी पीडितका नाममा खेल्ने काम भयो : गृहमन्त्री श्रेष्ठ « Khabarhub

मिटरब्याजी पीडितका नाममा खेल्ने काम भयो : गृहमन्त्री श्रेष्ठ


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकार लागिपरेको भन्दै अहिले उनीहरूका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका हुन् । 

अहिलेसम्म साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको भन्दै उनले अन्यलाई पनि हरहालतमा न्याय दिने जिकिर गरे ।

मिटरव्याजसम्बन्धी आयोगको दुई पटक म्याद थपिएपछि विघटन गरिएको, सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी दिए । गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा पीडितको पक्षमा न्याय हुनेगरि मेलमिलापमा जोड दिने र त्यसो हुन नसके अनुसन्धान गरेर अभियोजनमा जान सक्ने बताए ।

उनले पीडितलाई हर हालतमा न्याय दिने दिशातर्फ सबै लाग्नुपर्ने समेत बताए । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : १३ बजे

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र