झोंछेको सडक खुल्ला, व्यवस्थित बन्यो पार्किङ | Khabarhub Khabarhub

झोंछेको सडक खुल्ला, व्यवस्थित बन्यो पार्किङ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बसन्तपुरको झोंछेमा व्यवस्थित पार्किङ शुरु भएको छ । गत सोमबारदेखि शुरु भएको व्यवस्थित पार्किङले अहिले सडक खुल्ला देखिएको छ ।

झोंछे बसन्तपुरको नौतले दरबार अगाडि पर्छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा पनि लिइन्छ । यहाँका अधिकांश सडकहरु सधैँ व्यस्त देखिन्छन् । त्यति मात्र नभई दुई पांग्रे र चार पांग्रे सवारीले साना सडक ढाकिदिँदा पैदलयात्रुलाई आवतजावत गर्न निकै मुस्किल हुने गर्छ ।

तर झोंछे वडा नम्बर–२३ मा भने गत सोमबारदेखि स्थानीयबासी, अभियान्ता र महानगर मिलेर अव्यवस्थित पार्किङलाई व्यवस्थापन कार्यको थालनी गरेका हुन् । स्थानीय युवाले सो क्षेत्रमा देखिएको व्यस्त पार्किङको समस्या समाधान गर्नका लागि अभियान नै चलाएका थिए ।

‘आपत्तकालीन घटना, बिरामी तथा दुर्घटना भएको खण्डमा दमकल, एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनसमेत प्रवेश गर्न कठिनाइ हुन्थ्यो’ स्थानीय प्रकाश मानन्धरले खबरहबसँग भने ‘एक सातादेखि त्यो समस्याको हल भएको छ ।’

अहिले झोंछेका सडक खुल्ला देखिन्छन् । सवारी धनीले मोटरसाइकल तथा स्कुटर सडकको एक छेउमा एक लाइनमा मात्र पार्किङ गर्न पाउँछन् । पार्किङलाई व्यवस्थित बनाएसँगै भारी बोकेर हिड्ने मजदुर, आन्तरिक तथा बाह्य पर्यटक, बटुवाले सहजले हिड्न पाएका छन् ।

सो पार्किङ व्यवस्थापनका लागि महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौं महानगरपालिका हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र काठमाडौं महानगरपालिका नगर प्रहरी महाशाखाले सहयोग गरेका छन् ।

त्यस्तै झोंछे पुचः लायकुसाः मानन्धर समाज, न्हुसास् टोल सुधार समिति, स्थानीयबासी, व्यवसायी सबैको सहकार्यबाट अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरिएको हो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : १९ बजे

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा