फुरदिकुलाई उद्धार गरी लगियो उपचारमा « Khabarhub

फुरदिकुलाई उद्धार गरी लगियो उपचारमा


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ ।

मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका–१३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले आज उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो । 

महिना दिनअघिदेखि खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्ने गरी जिप चढाएर काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो । उद्धार गरिएकी फुरदिकुको मानसिक अस्पताल लगनखेलमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । 

मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गाली, बेइज्जती, बेठेगान तरिकाले हिँड्ने, गीत गाइरहनेलगायत अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेका थिए । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखापर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो । 

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको बुबा पेमाछेर शेर्पाले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र