फेसबुकको चरम लापरबाही, जसले ज्यूँदो मान्छेलाई मार्यो ! « Khabarhub

फेसबुकको चरम लापरबाही, जसले ज्यूँदो मान्छेलाई मार्यो !


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फ विभिन्न आपराधिक क्रियाकलाप बढेको समाचारहरु सार्वजनिक भइरहँदा अहिले फेसबुकले एक पत्रकारलाई ज्यूँदै मरेको प्रोफाइल बनाइदिएको छ ।

ती पत्रकार हुन्– अन्नपूर्ण पोष्टका नरेन्द्र साउँद ।  तर, उनले फेसबुकको लापरबाहीले यस्तो भएको जानकारी दिएका छन् । पत्रिकामा यसबारे ‘म ज्यूँदै छु फेसबुक’ भनेर आफ्नो विचार समेत सार्वजनिक गरिसकेका छन् ।

यस विषयमा उनले यस्तो चरम लापरबाहीको जिम्मेवार को ? यत्रो अत्याचारको फेसबुकले के क्षतिपूर्ति दिन्छ ? दिनुपर्छ कि पर्दैन ? भन्ने प्रश्न समेत उठाएका छन् ।

उनको फेसबुकमा लेखिएको त्यो म्यासेज दिवंगत भइसकेका व्यक्तिहरुलाई लेख्ने जस्तै लेखिएको छ । उनको प्रोफाइल फोटोमाथि नै लेखिएको थियो– ‘रिमेम्मरिङ नरेन्द्र साउद।’ त्यति मात्र होइन, थप लेखिएको  थियो– ‘वि होप पिपुल हु लभ नरेन्द्र विल फाइन्ड कम्फर्ट इन भिजिटिङ हिज प्रोफाइल टु रिमेम्बर एन्ड सेलिब्रेट हिज लाइफ।’ अर्थात्, नरेन्द्रलाई माया गर्नेहरूले उहाँको प्रोफाइलबाट सम्झन र शोक व्यक्त गर्न सक्नुहुनेछ।’

यस्तो म्यासेज देखेपछि जो कोहीलाई रिस मात्र उठ्ने हाेइन कि पीडावाेध पनि उत्तिकै हुन्छ । उनी अहिले फेसबुकको शिकार बनेका छन् ।

उनले आफू ज्यूँदै रहेको र फेसबुक खोल्नका लागि फेसबुकले मागेका प्रक्रिया पटक–पटक पूरा बल्लतल्ल खुलेको बताएका छन् ।

फेसबुकप्रति आक्रोश पोख्दै उनले भने– ‘ज्यूँदो मान्छेलाई मृतक घोषणा गर्ने अनि जिउँदो भएको प्रमाण माग्ने ? त्यो अधिकार फेसबुकलाई कसले दियो ? के फेसबुकलाई मान्छे मार्ने र जन्माउने अधिकार छ ?

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : ४७ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र