सम्झनामा भक्तराज आचार्य : यी हुन् उनका कालजयी गीत « Khabarhub

सम्झनामा भक्तराज आचार्य : यी हुन् उनका कालजयी गीत


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य सोमबार ८२ वर्षको उमेर यस धर्तीबाट बिदा भए । शरीरमा अक्सिजनको कमी भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भयो ।

स्वरसम्राट नारयाणगोपलका समकालीन स्रष्टा आचार्यमाथि २०४६ साल मंसिरमा संघातिक हमला भएको थियो । त्यसपछि उनी सङ्गीतबाट टाढा रहे ।

२०५० सालमा जिब्रोको क्यान्सरका कारण संगीतबाट टाढा मात्रै होइन राम्रोसँग बोल्न पनि नसक्ने भए । त्यसयता उनले झोलिलो पदार्थको सहारामै जीवन काटे ।

आचार्यको औपचारिक गायकी यात्रा भने विसं २०३० सालबाट भएको पाइन्छ । ‘होसियार यस बखत समयको मुखलाई चिन’ बोलको गीत गाएर उनले ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा स्वर्ण पदक प्राप्त गरेका थिए ।

त्यसपछिको १६ वर्ष उनी सङ्गीतमा सक्रिय भएर लागे । यस दौरानमा उनले ४ सयभन्दा बढी गीतमा स्वर र संगीत दिए ।

आचार्यका कालजयी गीतहरू
आचार्य आफ्नो जीवनको पछिल्लो ३४ वर्ष संगीतबाट टाढा रहे तर उनका धेरै गीतहरू आज पनि युवा पुस्ताको मुखमा झुन्डिरहेका छन् । अर्थात् उनका कालजयी गीतको सूची लामो छ ।

उनका ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘जहाँ छन् बुद्धका आँखा,’ ‘आँशुजस्तो हो जीवन’,  ‘जति चोट दिन्छौ देउ मायालु’, ‘जीवन भनुँ त घात छ’, ‘सबै बेहोसी नसा पिएर’, ‘हजार आँखा हेर्ने मेरी मयालु’, ‘भुल्नै सकिन त्यो क्षण मिलनको’, ‘कोही नगरोस् प्रेम अमर’लगायत लोकप्रिय रहेका छन् ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : ४४ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ