केन्द्रीय बैंकको पत्राचारपछि सेन्चुरी बैंकका पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ  « Khabarhub

केन्द्रीय बैंकको पत्राचारपछि सेन्चुरी बैंकका पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ 


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका तत्कालीन सिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

ऋण प्रवाहमा भएको कमजोरीको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकको पत्राचारका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

राष्ट्र बैंकले उनीहरूलाई बैंकिङ कसुर अन्तरगत कारवाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । 

प्रहरीका अनुसार प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंकको सीईओ हुँदा कर्जा प्रवाहमा घोटाला गरेको जाहेरीका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरिएको हो।

त्यस्तै पक्राउ पर्ने अन्यमा सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ छन्।

सेन्चुरी बैंकका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपाने निमित्त सीईओको रुपमा कार्यरत थिए। कर्जा प्रवाह घोटाला प्रकरणमा बयान र छानविनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १ : ४६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र