केन्द्रीय बैंकको पत्राचारपछि सेन्चुरी बैंकका पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ  « Khabarhub

केन्द्रीय बैंकको पत्राचारपछि सेन्चुरी बैंकका पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ 


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका तत्कालीन सिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

ऋण प्रवाहमा भएको कमजोरीको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकको पत्राचारका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

राष्ट्र बैंकले उनीहरूलाई बैंकिङ कसुर अन्तरगत कारवाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । 

प्रहरीका अनुसार प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंकको सीईओ हुँदा कर्जा प्रवाहमा घोटाला गरेको जाहेरीका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरिएको हो।

त्यस्तै पक्राउ पर्ने अन्यमा सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ छन्।

सेन्चुरी बैंकका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपाने निमित्त सीईओको रुपमा कार्यरत थिए। कर्जा प्रवाह घोटाला प्रकरणमा बयान र छानविनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १ : ४६ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई