साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपालमा « Khabarhub

साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपालमा


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुनको तेस्रो सातादेखि सुरु हुने  साफ यु–१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपाल आइपुगेको छ । 

मंगलबार नेपाल आएको भुटानको टिमलाई त्रिभुवन बिमास्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गर्नुभएको थियो । प्रतियोगिता फागुन १८ देखि २८ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ । यसपटक आयोजक नेपालसहित चार राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै छन् । 

नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ । लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ । साफ यु–१६ प्रतियोगीताको एन्फाले तयारी गरिरहेको प्रवक्ता शाहले बताए  । 

यसपटक यु–१६ उमेरसमूहको प्रतिस्पर्धामा पनि सबै टोलीले एकअर्कासँग समान एक–एक खेल्नेछन् भने शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ । प्रतियोगीतामा नेपाल भारत, भुटान र बंगलादेशले सहभागीता जनाउनेछन् । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ०४ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको