जनताका मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का « Khabarhub

जनताका मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताए ।

‘संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरूको एकतावद्ध प्रयास आवश्यक छ’, आज सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्दै उनले भने । उपप्रधानमन्त्री खड्काले विकासको आकांक्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उनको भनाइ थियो । उनले पूर्वाधार निर्माण गर्दा दूरदृष्टि आवश्यक रहेको उल्लेख गरे ।

आजका लागि नभइ भावी पुस्ताका लागि पनि आधार र जग बन्ने गरी पूर्वाधार निर्माण जरुरी रहेको उनको भनाइ थियो । ‘कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन्, पछिल्लो पुस्ताका लागि पुग्ने गरी काम गर्नुपर्छ’, उपप्रधानमन्त्री खड्काले भने ।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरू लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेराभन्दामाथि उठेर सिङ्गो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताए ।  उनले लोभबाट मुक्त हुनेहरू डरबाट मुक्त हुने बताए । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : २९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र