रसुवागढी र सान्जेनको शेयर सूचीकरण सम्झौता « Khabarhub

रसुवागढी र सान्जेनको शेयर सूचीकरण सम्झौता


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडबीच शेयर सूचीकरण सम्झौता भएको छ ।

यो सम्झौतासँगै रसुवागढी हाईड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत् कम्पनीले मंगलबारदेखि नै दोश्रो बजारमा शेयर कारोबार गर्ने बाटो खुलेको छ । दुवै कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच सोमबार दोश्रो बजारमा शेयर सूचीकृत गर्ने सम्बन्धी सम्झौता भएको हो ।

शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र रसुवागढी हाईड्रोपावर कम्पनिको तर्फबाट कार्यकारी अधिकृत विश्व मल्ल तथा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

शेयर निष्कासन तथा बाँडफाँड भएको झण्डै साढे ३ महिनापछि मात्रै यी दुई कम्पनीको शेयर पूँजी बजारमा सूचीकृत भएको हो । सुवागढीले १ सय ११ मेगावाटको रसुवागढी र सान्जेनले ५७ दशमलव ३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन निर्माण गरिरहेको छ ।

नेपाल स्टक एक्सचेन्ज र रसुवागढी हाईड्रोपावर कम्पनी बीच प्रति शेयर अधिक तथा चुक्ता मुल्य १ सय कायम भएको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता शेयर सूचीकरणको सम्झौता भएको छ । त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीको ३ करोढ २८ लाख ५० हजार कित्ता शेयर सूचीकरण सम्झौता भएको छ ।

रसुवागढीको सूचीकृत शेयर मध्ये सर्वसाधरणतर्फको १ करोड २ लाख ६३ हजार १ सय ५० र संस्थापक शेयरमा ३ करोड ४८ लाख ९४ हजार ७ सय १० कित्ता रहेको छ । कर्मचारी संञ्चयकोषमा रकम संचित गर्ने सञ्चयकर्ता कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र संस्थापक संगठित संस्थाका कर्मचारीहरु समेत गरी १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर पनि सूचीकृत भएको छ । यो कम्पनीले आगामी असार भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी सान्जेनको सर्वसाधरण तर्फको ५४ लाख ७५ हजार कित्ता शेयर, कम्पनीलाई ऋण दिने संस्थाको ३ लाख ६५ हजार , संस्थापक शेयरधनी संस्थाका कर्मचारीको १२ लाख ७७ हजार ५ सय, संञ्चयकोषमा रकम संचित गर्ने सञ्चयकर्ता कर्मचारीको ७१ लाख १७ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको छ ।

दुई कम्पनीको शेयर कारोबार सुरु भएसंगै दोश्रो बजारमा तरलता उत्पन्न भई लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा नेप्सेले गरेको छ । नेप्सेका अनुसार सान्जेनको शेयर कारोबार ९६ दशमलब ३१ देखि २ सय ८८ दशमलब ९६ रुपैया र रसुवागढीको ९७ दशमलब २९ देखि २ सय ९१ दशमलब ८७ रुपैयाको सिमाभित्र हुनेछ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष