रुसी सेनामा गएका नागरिकप्रति राज्यको दायित्व छ : मन्त्री साउद | Khabarhub Khabarhub

रुसी सेनामा गएका नागरिकप्रति राज्यको दायित्व छ : मन्त्री साउद


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका प्रति राज्यको दायित्व रहेको बताएका छन्।

रुसी सेनामा भर्ना भएका नेपालीहरूका आफन्तसँग मंगलबार मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यस्तो बताएका हुन्।

‘लिगल्ली गएको भए हुन्थ्यो। इल्लिगल्ली गएका छन्। जसरी गएका भए पनि उनीहरूका प्रति राज्यको दायित्व छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ। उनीहरूलाई फिर्ता ल्याउन कुनै पनि कमीकमजोरी हुने छैन। इमान्दारितापूर्वक प्रयास गरिरहेको छु। गरिरहने छु।’

उनले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।

रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए।

‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दस्तावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरुबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ,’ उनले भने।

परराष्ट्रमन्त्री साउदले छलफलका क्रममा मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवेदन दिएको पनि जानकारी दिए।

उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन पनि सम्बन्धित नागरिकका घर–परिवारलाई आग्रहसमेत गरे। घर–परिवारले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने साउदको भनाइ थियो।

रुसी सेनामा भर्ना भएका नागरिकको सङ्ख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो। 

परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरूलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए। उनले भारत भ्रमणमा गएको अघिल्लो दिन फेब्रुअरी २० मा रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताए।

साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरूमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताए।

उनले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुसी सरकारसँग कुरा भएको जानकारी दिए। परराष्ट्रमन्त्री साउदका अनुसार सरकार रुससँग नेपाली नागरिकको शव फिर्तासम्बन्धमा पनि निरन्तर अनुरोध गरिरहेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ३५ बजे

निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार 

काठमाडौं– शेयर बजारमा रौनक फर्किएको छ । लगातार तेस्रो दिन पनि

तीनै तहका सरकारको सामर्थ्य बढाउन शंकर पोखरेलका सात सुझाव

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रिय हुनकै लागि राज्यले

विधेयकमा भएको छेडखानीबारे खतिवडाले गराए पार्टीलाई जानकारी

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

प्यालेस्टाइनमा इजरायली आक्रमणविरुद्ध नेपालमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी र साम्राज्यवाद विरोधी शक्तिहरूले काठमांडौको