नेपालगञ्ज–गुलरिया सडक विस्तार तीब्र « Khabarhub

नेपालगञ्ज–गुलरिया सडक विस्तार तीब्र


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

बाँके–  नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ । ११ दशमलव ६० किलोमिटर चार लेन र १६ दशमलव दुई किलोमिटर दुई लेन गरी २७ दशमलव ६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुने गरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको थियो ।

एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक दुई अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा एक वर्षभित्र सम्पन्न गर्नेगरी काम गरिएको बताए ।

निर्माण कम्पनीले यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए । नेपालगञ्ज–गुलरिया सडक विस्तारकार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए ।

उनका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहेमा निर्माणाधीन योजनामा प्रभाव पर्ने देखिएको छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १० : ४८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट