नेदरल्याण्डसले दियो नेपाललाई १८५ रनको लक्ष्य | Khabarhub Khabarhub

नेदरल्याण्डसले दियो नेपाललाई १८५ रनको लक्ष्य


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन् ।

त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्डले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १ : १७ बजे

वाग्मतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

वाग्मती– सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा वाग्मती प्रदेशमा सञ्चालित

आकाश ताक्दै किसान : महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी – लामो खडेरीले आँत्तिएका यहाँका किसानले अझै आकाश ताक्न

पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

वीरगञ्ज– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका

दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

वाशिङ्टन डिसी – नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा

आज राति चार प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली