निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने « Khabarhub

निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

टोकियो– निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ ।

कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ । निसानले एक विज्ञप्तिमा भनेको छ, ‘वृद्ध जनसङ्ख्याको कारण जापानका स्थानीय समुदायले गाडी चालकको कमीलगायत धेरै गतिशीलता चुनौतीहरूको सामना गरिरहेका छन् ।’ 

कम्पनीले भनेको छ, ‘नयाँ सेवाहरूको विस्तृत दायरा प्रदान गर्न र निः शुल्क आवागमन सुनिश्चित गर्न कम्पनीमा स्थानीय अधिकारीहरू र यातायात सञ्चालकहरूसँग काम गर्ने योजना बनाएको छ ।’

निसानले सन् २०१७ देखि जापान र विदेशमा ‘सेल्फ ड्राइभिङ मोबिलिटी’ सेवाका लागि व्यवसायिक नमूनाको परीक्षण गरिरहेको जनाएको छ ।

गत वर्ष यसको प्रतिद्वन्द्वी होन्डा, अमेरिकी विशाल कार कम्पनी जनरल मोटर्स र जीएमको अटोनोमस ड्राइभिङ युनिट क्रुजले संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका थिए । उनीहरूले सन् २०२६ को सुरुमा जापानमा चालकविहिन सवारी सेवा सुरु गर्नेछन् ।

टोयोटाले यसै वर्षको अन्त्यतिर टोकियोको सीमित क्षेत्रमा लेभेल-४ सवारी सेवा सुरु गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  २ : ०७ बजे

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा

सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।

अर्थतन्त्रको विकास र विस्तार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र

कमजोर भीएफएक्स लिएर झुल्किए एक्सन हिरो निखिल

काठमाडौं – हिरो निखिल उप्रेतीको फिल्म रिलिज भएको ७ वर्ष