मेलुङका महिलाहरूलाई साबुन बनाउने तालीम  « Khabarhub

मेलुङका महिलाहरूलाई साबुन बनाउने तालीम 


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको मेलुङ गाउँपालिकाले स्थानीय महिलालाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालीम दिएको छ। गाउँपालिकाले वडा नम्बर-३ का स्थानीय महिलाहरूलाई लक्षित गरि १० दिने साबुन बनाउन सिकाएको हो।

पालिकाको लघु लघुउद्यम विकास शाखाले सीप किसाएर आत्मनिर्भर बनाई गरिबी निवारण गर्ने उद्देश्यले  १८ जना स्थानीय महिला तथा पुरुषलाई १० दिन लुगा धुने साबुन बनाउन सिकाएको लघुउद्यम विकास शाखामा कार्यरत दिनेश थापाले बताए।

फागुन ६ गतेदेखि १५ गतेसम्म वडा नम्बर-३ सञ्चालन भएको थियो। तालीमको मंगलबार गाउँपालिका अध्यक्ष हिराकुमार थोकर र उपाध्यक्ष गायत्री आचार्यको उपस्थितिमा समापन  गरिएको थियो

दैनिक सरसफाइका लागि आवश्यक पर्ने  साबुन बनाउने सीपले स्थानीय महिलाहरू खुसी देखिएका थिए। तालीम सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष थोकरले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा व्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर व्यवसायको रूपमा सुरु गर्न सहभागीहरूलाई सुझाव दिए ।

आर्थिक अवस्था कमजोर भएका तथा सीप सिकाएर आर्थिकस्तर उकास्ने उद्देश्यले साबुन बनाउने तालिम आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष आचार्यले बताइन्। पालिकाले सिन्धुपाल्चोक देखि प्रशिक्षक र कच्चा पदार्थ ल्याएर स्थानीय स्रोतसाधनको प्रयोग गरेर महिलाहरूलाई तालीम दिएको हो।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ५३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने