आयोजक पाँचथर क्लब फुटबलको फाइनलमा « Khabarhub

आयोजक पाँचथर क्लब फुटबलको फाइनलमा


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

पाँचथर– आयोजक पाँचथर क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा पाँचथर क्लबले बागमती युवा फुटबल क्लब, सर्लाहीलाई १-० गोलअन्तरले पराजित गरेको हो । पाँचथर क्लबका लागि रोशन आङ्देम्बेले निर्णायक गोल गरेका हुन् । उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा बागमतीले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न भने असफल भयो । पहिलो हाफमा बागमतीले केही आक्रामक खेलेको थियो । उसले थुप्रै अवसर खेर फालेको थियो । आजको खेलको म्यान अफ दी म्याच पाँचथर क्लबका गोलरक्षक मिराक खजुम घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।  

प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल झापा-११ फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिए । प्रतियोगिताको विजेताले रु पाँच लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ३८ बजे

‘निम्सदाइ’को आरोही दल हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक

काठमाडौं- विश्वका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को आरोही दल

इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज