गौरीशंकरको ना-गाउँमा सौर्य विद्युत विस्तार « Khabarhub

गौरीशंकरको ना-गाउँमा सौर्य विद्युत विस्तार


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको उत्तरी गौरीशंकर गाउँपालिका-९ को विकट ना-गाउँमा सौर्य ऊर्जा विस्तार गरिएको छ। समुद्री सतह देखि चार हजार दुई सय मिटर उचाइमा रहेको अति विकट ना-गाउँमा पहिलो पटक सौर्य ऊर्जा मार्फत विद्युत् विस्तार गरिएको हाे ।

नेपाल सरकार ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र,जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखा र गौरीशंकर गाउँपालिकाको अनुदान सहयोगमा ३० किलोवाट पिक सौर्य विद्युत् विस्तार गर्ने काम सम्पन्न भएको सौर्य ऊर्जा विस्तार तथा निर्माण कम्पनी सनब्रीज सनस्टारका आयोजना निर्देशक कुमार बस्नेतले जानकारी दिए ।

निर्माण कम्पनी गत भदौमा सौर्य ऊर्जा विस्तारको लागि ३ करोड ४८ लाख ९९ हजारमा ठेक्का सम्झौतागरि काम सुरु गरेको थियो । एक वर्षभित्र लाइन विस्तार गरिसक्ने जनाएको कम्पनीले ६ महिनामै सौर्य विद्युत् जडानको काम सकेर गत माघ देखी नै लाइन विस्तार गरी ना का ७२ घरधुरी स्थानीयलाई बत्ती वितरण गरेको हो ।

निर्माण कम्पनी सनब्रीज सनस्टार जे.भिले अहिले सौर्य ऊर्जा विस्तार गरिएको ना-गाउँमा प्राविधिक टोलि लिएर अनुगमन गर्न पुगेको छ भने,उच्च लेकको नागाउँका स्थानीय वर्षौँदेखि टुकी बत्ती कै भरमा गुजारा चलाउँदै आएका थिए । लामो समयको प्रतीक्षा पछि राज्यले सौर्य ऊर्जा विस्तार गरिदिएपछि स्थानीय खुसी हुँदै दङ्ग परेको बस्नेत बताए । यहाँ राष्ट्रिय प्रसारण लाई विस्तार गर्न सम्भव नभएकाले स्थानीय वडा तथा पालिकाले लामो समय देखि सौर्य ऊर्जा विस्तारकै लागि पहल गर्दै आएको थियो ।

नेपाल सरकारले ९० प्रतिशत अनुदान सहयोग दिने गरी गत वर्ष जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र गौरीशंकर गाउँपालिकासँग समन्वय गरी १० प्रतिशत अनुदान अन्तर्गत २५ लाख जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाले लगानी गर्ने तथा स्थानीय गौरीशंकर गाउँपालिकाले ९ लाख ८९ हजार ९ सय लगानी गर्ने सहमति बनेपछि ३ करोड ४८ लाख ९९ हजारमा ठेक्का लगाई सौर्य विद्युत् विस्तार गरिएको हो ।

पर्यटकीय क्षेत्रको रूपमा परिचित ना गाउँमा हिजोआज सौर्य विद्युतले झिलिमिली देखिएको छ। सोलार बत्ती विस्तारले यहाँका स्थानीय लाइनमा मोबाइल चार्ज, टेलिभिजन हेर्न, पानी तताउन र इन्डक्सन चुल्हो जडान गरी खाना, खाजा पकाउन समेत सहज भएको स्थानीयले बताएका छन्। यस क्षेत्रमा सोलार बत्तीको सुविधा भएपछि च्छोरोल्पा हिमताल, दूध कुण्ड घुम्न आउने पर्यटकलाई मोबाइल र क्यामेराको ब्याट्री चार्ज गर्नसमेत राहत मिलेको छ। निर्माण कम्पनीले घर घरमा सोलार बत्ती जडान गर्नुको साथै २० वटा स्ट्रिट लाइट समेत गाउँमा जडान गरिएको निर्देशक बस्नेतले बताए ।

सुबास बस्नेत

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १२ : ०० बजे

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका