मध्य भारतमा सडक दुर्घटनामा १५ जनाको मृत्यु « Khabarhub

मध्य भारतमा सडक दुर्घटनामा १५ जनाको मृत्यु


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

घाइतेहरूमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । पीडितहरू सोही गाउँका हुन् र नजिकैको ठाउँमा आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरूले यस दुर्घटनामा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १२ : २७ बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत