उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैन : मन्त्री बस्नेत « Khabarhub

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैन : मन्त्री बस्नेत


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन् ।

बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र जनस्वास्थ्य विकास सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दूरदराजमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै गएको बताए।

दक्ष जनशक्तिलाई उत्पादन गर्दै सबै ठाउँमा पठाएर नागरिकको उपचार गर्न थालिएको उनको भनाइ छ । चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागिपरेको भन्दै सरकार नागरिकको जीवनरक्षाका लागि गम्भीर भएर लागेको मन्त्री बस्नेतले बताए। 

पछिल्लो समय धेरै नागरिकमा मिर्गौला फेल हुने समस्या देखिएको भन्दै यसबाट बच्नका लागि जीवनशैली बदल्नुपर्नेमा उनले जोड दिए। उनले डायलासिस गराइरहनुभन्दा जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताए।

चिकित्सा शिक्षा ऐन सुधार गरेर धेरै विद्यार्थीलाई पढ्न पाउने व्यवस्था गरिरहेको भन्दै देशका कुनाकाप्चामा नर्सिङ र प्यारामेडिक पढ्न पाउने व्यवस्था मिलाउन थालेको र एक हप्तामा त्यसको टुङ्गो लाग्ने उनले बताए ।

आम नागरिकले पनि जीवनशैली परिवर्तन गर्नुपर्नेमा उनको जोड थियो । पछिल्लो समय स्वास्थ्यमा ध्यान नदिँदा प्राणघातक रोगको सिकार बन्नुपरेको भन्दै उनले जीवनशैली बदल्नुपर्ने, शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने भनाइ राखे ।

 सरकारले आयुर्वेद क्षेत्रको विकास गर्न थालेको भन्दै गण्डकी प्रदेश आयुर्वेद औषधिका लागि उर्वर क्षेत्र रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ४ : ४१ बजे

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक, शीर्ष नायिका रोशनी एकल फिचर्ड

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को

‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल, विजय बरालको जोडी बन्ने

काठमाडौं – छायाङ्कनमा निस्कन लागेको फिल्म ‘जिरो डिग्री’को नायिकामा सनिशा

मुख्य याममै सौराहामा पर्यटक घटे

चितवन– विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने

रविको उत्तेजक भाषणसँगै अन्य दललाई निषेध गर्दै रास्वपा, कतै धम्की, कतै कुटपिट, कतै हुलदंगा

काठमाडौं- ‘चुपचाप घण्टी छाप’ भन्दै मतदातामाथि मनोवैज्ञानिक दबाब बढाइरहेका राष्ट्रिय

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

गण्डकी– प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छन् । पोखरा