भायानेटले जित्यो ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर’ « Khabarhub

भायानेटले जित्यो ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर’


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ ।

एक्स जि एस  टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएकोले कम्पनीलाई यी प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरिएको हो । अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो ।

उक्त अवार्डको लागी भायानेट, नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो । विभिन्न निर्णायकहरूको प्रकृयागत निर्णय र छलफलको आधारमा सम्मानित प्यानलले भायानेटलाई विजेताको रूपमा चयन गरेको हो ।

कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो प्रतिष्ठित अवार्ड जितेको हो । एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्यूजबाट सञ्चालन हुँदै आएको छ ।

भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले कम्पनीको सफलतामा खुसी व्यक्त गर्दै भनिन्, ‘भायानेट सधैं ग्राहकको आवश्यकता अनुरूप नवीनतम टेक्नोलोजीको प्रयोग गर्नेमा अग्रपंक्तिमा रहँदै आएको छ र यी पुरस्कारहरूले हाम्रो टिम र कम्पनीको अथक प्रयास र ग्राहक प्रतिको प्रतिबद्धतालाई थप ऊर्जा प्रदान गर्छ।’

एक्स जि एस फाइबर टेक्नोलोजी, १० गीगाबिट्स प्रति सेकेन्ड (जिबिपिएस्) सम्मको समान गतिमा डेटा स्थानान्तरण प्रदान गर्ने क्षमताको साथ, यसलाई बजारमा ल्याएसँगै स्थानीय व्यापार परिदृश्यमा यसको प्रभाव निकै राम्रो देखिएको छ । जसले उद्यमहरूलाई अतुलनीय दक्षता र विश्वसनीयताका साथ डिजिटल अर्थतन्त्रको आवश्यक मागहरू पूरा गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : ५९ बजे

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।