गठबन्धन दलबीच छलफल गरेर राष्ट्रियसभा अध्यक्ष टुङ्गो लगाउँछौं : देउवा « Khabarhub

गठबन्धन दलबीच छलफल गरेर राष्ट्रियसभा अध्यक्ष टुङ्गो लगाउँछौं : देउवा


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस एक्लैले राष्ट्रिय सभाको अध्यक्ष टुङ्गो लगाउने बताएका छन् ।

आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस एक्लैले राष्ट्रिय सभाको अध्यक्ष बनाउन नसक्ने भएकाले गठबन्धन दलबीच छलफल गरेर  राष्ट्रिय सभाको अध्यक्ष टुङ्गो लगाउने बताएका हुन् ।

पछिल्लो समय राष्ट्रियसभा अध्यक्ष को हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने स्पष्ट पारे ।

उनले भने ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने।

देउवा भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन चितवन गएका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : ४७ बजे

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ- उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या