सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक | Khabarhub Khabarhub

सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । आज साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले बताए।

“समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” कुशवाहले भने ।

मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले आजको चौथो चरणको वार्ता सकारात्मक रहेको बताउनुभयो । उहाँले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : ०५ बजे

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा