पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश | Khabarhub Khabarhub

पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

बलेवा– गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ । फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचन, पाठपरायणलगायत गतिविधि निरन्तर भइरहेका छन् । 

विसं २०७१ मा महायज्ञमार्फत धार्मिक संरचना तयार हुँदै आएको पञ्चकोटमा महत्वकाङ्क्षी योजना सम्पन्न हुँदैछन् । यहाँ अहिलेसम्म रु ५० करोड बढीका संरचना बनिसकेका छन् । त्यसबाहेक अग्लो कलश बनाउने अभियान अझै जारी छ । झण्डै पाँच अर्बको योजनामा यहाँ भइरहेका सबै काममा महायज्ञ, धनधान्याञ्चल र स्थानीयको दानमुठीकैभर छ । 

केही पूर्वाधार निर्माणका क्षेत्रमा स्थानीय र प्रदेश सरकार जोडिएको पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयनाचार्यले बताए। उनका अनुसार अधिकांश काम महायज्ञका लागि दानमुठी गरिएको रकमबाटै भएका छन् ।

फागुनको १० गते राष्ट्रपति रामचन्द्र पौडेलले महाघण्टको उद्घाटन गरे । त्यसयता पञ्चकोटमा देशका विभिन्न क्षेत्रका विज्ञ, सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि तथा देश विदेशका पर्यटन प्रवर्द्धकको बाक्लो उपस्थिति भइरहेको छ । पञ्चकोटमा महायज्ञ मात्रै भइरहेको छैन । १५ दिन लामो महायज्ञको कर्मकाण्डबाहेक हरेक दिन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरले चासो राख्नेगरी सन्देशहरु प्रवाह भइरहेका छन् । 

महायज्ञमा हरेक दिन फरक विषयका विज्ञको सम्मेलनले सन्देश प्रवाह गरिरहेका हुन् । पहिलो दिन फागुन ९ गते जल, ऊर्जा, विकास तथा वातावरण सम्मेलन भयो । जलसम्पदा जोगाउन विज्ञले अनुनय गरे । त्यो मात्रै होइन जलकै कारण विश्वयुद्धको सम्भावना औँल्याइयो । जुन विषय देशविदेशमा रहेर जलसम्पदाको चासो राख्नेका लागि मुख्य विषय बन्यो । 

फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन भयो ।

महायज्ञ अवधिमा फागुन १२ गते गण्डकी विकासको अवधारणा र कार्यान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन भएको छ । फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्धति कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्मनिर्भरमुखी राष्ट्रिय कृषि, फागुन १६ गते योग तथा खेल, फागुन १७ गते पूर्वीय चिकित्सा पद्धति र जनस्वास्थ्य विकास, १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तीय संस्थाको योगदान सम्मेलन भइसकेको महायज्ञ मूल संयोजक कमलनयनाचार्यले जानकारी दिए।  

आज समावेशीताको सिद्धान्त र महिलाको क्षमता विकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुनेछ । फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारिता सम्मेलन, फागुन २२ गते प्राकृतिक स्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थाको संरक्षणसम्बन्धी सम्मेलन हुने संयोजक कमलनयनाचार्यले बताए । महायज्ञले देशको अहिलेको अवस्था चित्रण गर्ने र बिग्रेका विषय सुधार गर्न सरोकारवालालाई सन्देश दिने उनले बताए। 

ब्रह्माण्डीय महायज्ञ अहिलेसम्म नेपालमा नभएको र बागलुङमा पहिलोपटक भएको हो । ब्रह्माण्डीय महायज्ञ केबल धार्मिक कार्यक्रम मात्र नभई जल जोगाउन राष्ट्रिय आह्वान भएको कमलनयनाचार्यले बताए । पञ्चकोटमा भएका सम्मेलनले जल, ऊर्जा, विकास तथा वातावरण, देश विकासको अवधारणा र कार्यान्वयनका साथै राजनीति र सुशासनका विषय सन्देश दिइरहेका छन् । 

पन्ध्र दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार कर्ताबाट धान अर्पण गरेर पुरिनेछ । एक सय ५१ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्ति अटाउने गरी निर्माण भइरहेको छ । कलश निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार पार्ने काम भइसकेको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १ : ५५ बजे

मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

कैलाली– धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले

एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको