खप्तड छेडेदहमा मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित | Khabarhub Khabarhub

खप्तड छेडेदहमा मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ । गाउँपालिकाको १४औँ हिउँदे अधिवेशनमा पेस गरिएको कार्यविधि गाउँसभाको शुक्रबार बसेको बैठकले सर्वसम्मत पारित गरेको गाउँपालिकाकी उपाध्यक्ष बिसुदेवी नाथले जानकारी दिए। 

सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा निवारण र महिलालाई गरिने विभेद अन्त्य गर्नका लागि उक्त कार्यविधि ल्याइएको उनले बताए । पालिकामा सामाजिक समस्याका रुपमा रहेको छाउ कुप्रथाको उचित निवारणका लागि मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित गरिएको हो ।

कार्यविधि पारित भएसँगै मर्यादित महिनावारी शब्द सम्बोधन गरिने र निवारणका लागि कार्यविधिबमोजिम काम गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताए । समाजमा व्याप्त रहेको छाउपडी प्रथालाई पालिकास्तरबाट नै निवारण गर्ने गरी कार्यविधि अघि सारिएको उनको भनाइ छ । कार्यविधि कार्यान्वयन भएसँगै महिलामाथि हुने विभेद कम हुने अपेक्षा लिइएको उनले बताए ।

गाउँ सभाले उक्त कार्यविधिसँगै अन्य आठवटा कार्यविधि पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायले बताए। हिउँदे अधिवेशनमा पेस गरिएका विषयगत समिति कार्य सञ्चालन कार्यविधि, टोलविकास संस्था गठन तथा परिचालन निर्देशिका, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, गाउँपालिका कार्य सञ्चालन निर्देशिका र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार आचारसंहिता सभाले पारित गरेको छ । 

खप्तड छेडेदहमा शिक्षा चेतनामा कमी, विकासका पूर्वाधार निर्माणमा सुस्तता र स्रोत साधनको प्रयोगमा पछाडि रहेकाले स्थानीय स्रोत साधनको उच्चतम् प्रयोग गर्दै पालिकालाई समृद्ध बनाउन निरन्तर पहल गरिरहेको अध्यक्ष रावतले बताए। उनका अनुसार  चालू वर्षको हालसम्म कूल बजेटको २९.४ प्रतिशत खर्च भएको छ ।

गाउँ सभाले नागरिकका जनजीविकाका सवालमा आधारित भई पालिकामा नीति निर्माण गर्दै कार्यान्वयनमा जोड दिइएको उपाध्यक्ष नाथले बताए। पालिकामा थुप्रै नीतिनियम निर्माण गर्न बाँकी रहेका भन्दै आगामी दिनमा स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर बनाइएका नीति कार्यान्वयनमा पहल गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : २८ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन