भूतपूर्व ब्रिटिस गोर्खाबारे हुने वार्तालाई निष्कर्षमा पुर्‍याउन संसदीय समितिको निर्देशन | Khabarhub Khabarhub

भूतपूर्व ब्रिटिस गोर्खाबारे हुने वार्तालाई निष्कर्षमा पुर्‍याउन संसदीय समितिको निर्देशन


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको मागका विषयमा हुने वार्तालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले लामो समयदेखि उठाएका न्याय र समानताका मागहरु सम्बोधनका लागि बेलायती र नेपाली पक्ष संलग्न भइ गठन भएका द्विपक्षीय र प्राविधिक समितिमार्फत् हुने वार्ताहरुलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउनका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले यसबारे दिइएका अघिल्ला निर्देशनहरु यथाशीघ्र कार्यान्वयन गरी समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले बेलायती र नेपाली पक्ष संलग्न भइ गठन भएका समितिमार्फत् ब्रिटिस गोर्खा सैनिकको मागमा गम्भीर छलफल भएको जानकारी दिए । न्यायोचित माग सम्बोधनका लागि नेपालले निरन्तर दबाब दिइरहेको भन्दै उनले समान पेन्सनका विषयमा निष्कर्ष आउन बाँकी रहेको उल्लेख गरे ।

बैठकमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालका पदाधिकारीहरुले त्रिपक्षीय सम्झौता अनुसार भर्ना भएका ब्रिटिस गोर्खाहरु विभेदमा परेको, आधारभूत मानव अधिकार हनन भएको उल्लेख गरेका थिए । उनीहरुले आफूहरुमाथि अन्याय भएको भन्दै सरकारले न्याय दिनुपर्ने जिकिर गरे ।

बैठकमा समिति सदस्यहरुले लामो समयदेखि भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले राखेका माग पूरा गर्न सरकारले गम्भीर भएर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ०९ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत