यस्तो बन्यो महाजात्राको ट्रेलर ! « Khabarhub

यस्तो बन्यो महाजात्राको ट्रेलर !


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा फिल्मका मुख्य कालाकारलाई नै बढी स्थान दिइएको छ । ‘जात्रा’ फिल्म श्रृङ्खलाको तेस्रो सिक्वलका रुपमा निर्माण गरिएको यस फिल्म अघिल्ला फिल्म जस्तै पैसा व्यवस्थापनमा गर्दा आइपर्ने समस्यामा आधारित कथामा बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा व्यस्तताका कारण विपिन कार्की र रविन्द्र झा अनुपस्थित थिए । ट्रेलर सार्वजनिक गरिएपछि वरिष्ठ कलाकार हरिवंश आचार्यले फिल्ममा जोडिने तीव्र इच्छा पूरा गरिदिएकामा निर्देशक प्रदीप भट्टराईलाई धन्यावाद दिए ।

उनले भने, ‘फिल्म निर्माण हुने थाहा पाएपछि मैले प्रदीपलाई फोन गरेर म छुटौँला नि भनेर सोध्थेँ । तर, पहिला मेरो भूमिका रहनेछ । जे होस् यो फिल्ममा जोडिन पाउँदा एक कदम माथि पुगेकाजस्तो अनुभव भएको छ ।’

फिल्ममा खलपात्रको भूमिकामा देखिएका हरिवंशले फिल्म मह सञ्चारले निर्माण गर्नेजस्तै सन्देशमूलक रहेको जानकारी दिए । उनले नकारात्मक पात्रको भूमिका निर्वाह गर्दा रमाइलो लाग्ने पनि सुनाए । उनले भने, ‘म हरिबहादुरजस्तो पात्र त निर्वाह गरेको मान्छे हुँ । मलाई त हिटलरको पात्र गर्न पाए नि हुन्थ्यो जस्तो लाग्छ ।’

त्यस्तै, नायिका वर्षा राउतले फिल्म एकदमै रमाइलो बनेको दाबी गर्दै हाँस्न तयारी गरेर हलमा आउन दर्शकलाई आग्रह गरिन् ।

निर्देशक प्रदीप भट्टराईले बरोजगार युवालाई गलत प्रयोग गरिएको घटनालाई रमाइलो ढंगले फिल्ममा उतारेको जानकारी दिए । उनले भने, ‘सिक्वल’ बनाउनु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति होइन तर कथा यस्तो निस्कियो कि नबनाइ सन्तुष्ट नै हुन सकिएन ।’

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।

षट्कोण आर्टको ब्यानरमा बनेको यो फिल्म चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । यस फिल्मको लेखक र निर्देशक भट्टराई स्वयं हुन् । त्यस्तै, यो फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले यो फिल्म खिचेका हुन् ।

यस्तो देखियो ट्रेलर-

तस्बिरहरु- चिरायु शाक्य

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ४१ बजे

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना