सत्ता गठबन्धनको बैठक आह्वान « Khabarhub

सत्ता गठबन्धनको बैठक आह्वान


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । बैठक सोमबार बिहान ८ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । गठबन्धनमा खटपट आएको चर्चा चलिरहेका बेला बैठक बोलाइएको हो ।

बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक लगायतको विषयमा छलफल हुने छ ।

बिहान आठ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी बीच बैठक बस्ने बालुवाटार स्रोतले जनाएको छ । चारदलको बैठक पछि गठबन्धनका अन्य दललाई सहभागी गराइने छ ।

कांग्रेस महासमिति बैठकमा सत्ता गठबन्धनप्रति कांग्रेस नेताहरुले व्यक्त गरेको धारणाका कारण माओवादी असन्तुष्ट छ । टिआरसी विधेयकमा कांग्रेसले असहयोग गरेको माओवादी नेताहरुले बताउन थालेका छन् ।

टिआरसी विधेयक लगायतका विषयमा कांग्रेसले सरकारलाई साथ नदिएको माओवादीका एक पदाधिकारीले बताए । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुन सक्ने ती पदाधिकारीले संकेत गरे ।

गठबन्धनमा खटपट आएको चर्चाकै बीच आइतबार बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादूर देउवाबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा कांग्रेस महासमिति बैठकमा सत्ता गठबन्धनबारे उठेका विषयका बारेमा समेत छलफल गरिएको बताइएको छ ।

त्यस्तै प्रचण्डले आइतबार बिहान र साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् । भेटवार्तामा टिआरसी विधेयक लगायतको विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय बढेको राजनीतिक गतिविधिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

याे पनि…

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

मन्त्रिपरिषद् हेरफेर : मन मिलेन कि साइत जुरेन ?

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ९ : ५६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री