सरकारमा सहभागी हुन माधवलाई प्रचण्डको प्रस्ताव « Khabarhub

सरकारमा सहभागी हुन माधवलाई प्रचण्डको प्रस्ताव


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । सोमबार प्रचण्डले माधवलाई उनकै निवास कोटेश्वर पुगेर भेटेका हुन् ।

भेटमा प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । जवाफमा माधवले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

‘ प्रधानमन्त्रीले अध्यक्षको स्वास्थ्यलाभको कामनो गर्नुभयो । उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाको विषयमा पनि सामान्य कुराकानी भयो । प्रचण्डले नयाँ समीकरणबारे जानकारी दिँदै सरकारमा आउनुस, मिलेर अघि बढौं भन्ने आग्रह गर्नुभएको थियो ’ समाजवादीका एक नेताले बताए ।

अध्यक्ष नेपाल सुगर प्रेसर र मौसमी रुघाखोकीबाट पीडित भएर आराम गरिरहेको बुझिएको छ ।

याे पनि…

पछिल्ला घटनाक्रमबारे एकीकृत समाजवादी ‘पर्ख र हेर’ को मुडमा

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : ४४ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ