सुशासनको अभियानलाई निरन्तरता दिनुहोस् : निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सुशासनको अभियानलाई निरन्तरता दिनुहोस् : निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठ


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिका अभियानमा मन्त्रालयका कर्मचारी, सुरक्षा निकाय तथा आम नागरिकबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित बिदाइ समारोहमा उनले भने, “सरकारले सुरु गरेको सुशासनको अभियानलाई भरपूर सहयोग गर्नुभयो, अब पनि यसलाई निरन्तरता दिनुहोस् ।” निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता तथा सार्वभौमिकताको रक्षार्थ थालनी गरिएको कामलाई निरन्तरता दिन पनि आग्रह गरे ।

आफू झण्डै एक वर्ष गृह मन्त्रालयको नेतृत्वमा रहँदा सुशासन र सामाजिक न्यायको प्रत्याभूति दिन क्रियाशील रहेको उल्लेख गर्दै उनले जनतामा आशा जगाउने गरी सुधार गरिएको जिकिर गरे ।

“सरकारले सुशासनमा फड्को मारेको छ, जनतालाई आशा देखाउन सकिएको छ”, उनले भने । आफूले गृह मन्त्रालयको नेतृत्व सम्हालेकै दिन सुराकी खर्चसम्बन्धी व्यवस्था तथा राष्ट्रिय परिचयपत्रमा भएको जैविक विवरण निजी क्षेत्रलाई दिने गरी भएका निर्णय पनि खारेज गरिएको उनले स्पष्ट पारे ।

निवर्तमान गृहमन्त्री श्रेष्ठले अवैधरुपमा व्यक्तिको नाममा सारेका सरकारी जग्गा फिर्ता ल्याउने, अपराध नियन्त्रण, मिटरब्याजपीडितलाई न्याय दिने, सहकारी ठगीको अनुसन्धान गर्नेलगायत काममा सफलता हासिल गरिएको उल्लेख गरे । “सुधारका कामलाई सबैले आत्मसात् गर्नुपर्छ, एउटा मन्त्री गएर अर्को मन्त्री आउँदा यो अभियान रोकिनु हुँदैन”, उनले भने, “यी कामलाई फत्ते गर्नुपर्छ ।”

गृहमन्त्रालयमा रहँदा आफूले सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा ल्याउने, जालसाजी गर्ने, ठगी गर्ने तथा राज्य लुट्नेलाई कारबाहीको अभियान चलाएको स्मरण गर्र्दै उनले बालुवाटारस्थित ललितानिवासको जग्गा फिर्ताको प्रक्रिया सोही अभियानको सफलताका रुपमा रहेको बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : १९ बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको