अब काममा ढिलाइ हुने छैन : उपप्रधानमन्त्री महासेठ | Khabarhub Khabarhub

अब काममा ढिलाइ हुने छैन : उपप्रधानमन्त्री महासेठ


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताएका छन् ।

सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए। मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ ।

“विकास निर्माणका सबै काम १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको छु । काममा किन ढिलाइ भयो, यसअघि भएका कमीकमजोरी र यो काम गर्न योजनासहित अब के गर्नुपर्छ भन्नेबारे कार्यदलले अध्ययन गर्नेछ”, उपप्रधानमन्त्री महासेठले भने, “अब काममा ढिलाइ हुने छैन ।”

उपप्रधानमन्त्री महासेठ नेकपा (एमाले)बाट धनुषा निर्वाचन क्षेत्र नं ४ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका उनले यसअघि तीन पटक सङ्घीय सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उपप्रधानमन्त्री महासेठ २०३७ सालमा अनेरास्ववियुको पूर्वाञ्चल क्षेत्रको अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५४ सालदेखि एमालेको केन्द्रीय कमिटी सदस्य तथा पछि स्थायी कमिटी सदस्य रहे। राजनीतिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १३ महिना जेल जीवन बिताएका थिए ।

याे पनि…

खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर काम गर्छु : मन्त्री श्रेष्ठ

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन नवनियुक्त गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : ०२ बजे

पार्टीमा लाग्नेबारे छलफल भएको छैन : मन्त्री घिसिङ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा

दीपावलीको दियो यसपालि मधुरो छ

लक्ष्मी मातालाई भित्र्याउनु छ,सुख–शान्ति ऐश्वर्य ल्याउनुछ,तर के गर्नु खै!दीपावलीको दियो

अञ्जली दिदीले लगाइदिइन् भाइटीका (तस्बिरहरू)

काठमाडौं– वि‍.सं. २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो