अन्तरनिकाय बजेट बाँडफाँडलाई निरन्तरता दिन्छौँ : मन्त्री धनबहादुर बुढा « Khabarhub

अन्तरनिकाय बजेट बाँडफाँडलाई निरन्तरता दिन्छौँ : मन्त्री धनबहादुर बुढा


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकासमन्त्री धनबहादुर बुढाले चालु आर्थिक वर्ष २०८०-८१ मा मन्त्रालयमा प्राप्त बजेट सिलिङलाई अन्तरनिकाय बाँडफाँडलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

मन्त्रिमण्डलको विस्तारसँगै आज पदभार ग्रहण गर्दै मन्त्री बुढाले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रीले पदबहाली ग्रहणसँगै मन्त्रालयको करिब रु ४६ अर्बको सिलिङलाई मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँड गर्ने निर्णय गरेको जानकारी दिए । 

‘मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायतका विभिन्न मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँड गरेका छौँ । गत वर्ष जुन अनुपातमा थियो । पदबहालीसँगै मन्त्री बुढाले सोही अनुपातमा बजेट बाँडफाँडलाई निरन्तरता दिनेमा स्वीकृत गरेका छन्’, सचिव गेलालले राससलाई जानकारी दिए । 

कर्णाली प्रदेश डोल्पा जिल्ला, काइके गाउँपालिकामा विसं २०३१ फागुन ७ गते जन्मिएका मन्त्री बुढा विसं २०७९ मङ्सिर ४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट डोल्पा जिल्ला निर्वाचन क्षेत्र १ बाट निर्वाचित  भएका थिए ।

उनी विसं २०६० र २०६१ मा जिल्ला विकास समिति सभापति, विसं २०७० मा संविधानसभा सदस्य, विसं २०७४ मा प्रतिनिधिसभा सदस्य, विसं २०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका थिए  ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  २ : ०० बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको