भोलेनाथलाई खुसी बनाउन शिवरात्रिमा यसरी व्रत बस्नुहोस्  « Khabarhub

भोलेनाथलाई खुसी बनाउन शिवरात्रिमा यसरी व्रत बस्नुहोस् 


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

आज महाशिवरात्रि । नेपालसहित विश्वभरका हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् । फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिव मन्दिर र शिवालयहरूमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरू दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान् शिवको आराधना गर्ने, भजन गाउने चलन छ ।

धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान् शंकर ब्रम्हाबाट रुद्रको रूपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान् शिवले ताण्डव नाच्दै ब्रह्माण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले यसलाई महाशिवरात्रि वा कालरात्रि पनि भनिन्छ ।

विष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् शिव विष्णुको तेजबाट उत्पन्न भएका कारण सधैँ योग मुद्रामा नै रहने गर्दछन् । महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशान संहिताको एक ठाउँमा फाल्गुन कृष्ण चतुर्दशीको महानिशामा आदिदेव महादेव कोटी सूर्यको समान दीप्ति सम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत भएको उल्लेख छ ।

यो दिन भगवान् शिवको पुजा आराधना गरे मात्र पनि जीवनमा सधैँ सुख प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ । यस दिनलाई भगवान् भोलेनाथलाई खुसी बनाउने खास दिनका रूपमा पनि लिने गरिन्छ । भगवान् भोलेनाथ केबल एक लोटा शुद्ध जल र बेल पत्रले मात्र प्रसन्न हुने गर्दछन् ।

शिवरात्रिमा यसरी व्रत बस्नुहोस् 

– शिवरात्रिका दिन सबेरै उठेर पवित्र गंगाजलले स्नान गर्दा अत्यधिक लाभ मिल्ने धार्मिक विश्वास छ । 

– पञ्चामृतले शिवलाई, शिवलिंगलाई स्नान गराउने । 

– तामाको लोटाले ८ पटक जल चढाउने । 

– शिवरात्रिका दिन र रातमा दीपक जलाउने । 

– चन्दनको तिलक लगाउने । 

– भाग, धतुरो, बेलपत्र, तुलसी, जाइफल आदी चढाउने । 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ६ : ११ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार