पश्चिमी इन्डोनेसियामा बाढी र पहिरोमा १० को मृत्यु, १० बेपत्ता « Khabarhub

पश्चिमी इन्डोनेसियामा बाढी र पहिरोमा १० को मृत्यु, १० बेपत्ता


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

जकार्ता– पश्चिम सुमात्रा प्रान्तको पेसिसिर सेलाटनको इन्डोनेसियाली रिजन्सीमा बाढी र पहिरोका कारण कम्तिमा दश जनाको मृत्यु भएको शनिबार स्थानीय विपत् व्यवस्थापन निकायले जनाएको छ । उक्त घटनामा अन्य दश जना बेपत्ता भएका छन् ।

पेसिसिर सेलाटन विपत् न्यूनीकरण एजेन्सीका प्रमुख डोनी गुस्रीजलले एक विज्ञप्तिमा  उद्धारकर्ताहरूले अझै पनि अन्य बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको उल्लेख गरे।   बाढी र पहिरोबाट प्रभावितहरूलाई उद्धार गरिरहेका छन् ।

शनिबार बिहानसम्म भएको वर्षापछि भएको डुबानले बाटो पुरिएकोले विपत्का कारण  छुट्टिएका गाउँलेहरूलाई मद्दत गर्न डुङ्गाहरूको परिचालन गरी उद्धार शुरू भएको उनले बताए ।  

गुसरिजलका अनुसार ४५ हजार भन्दा बढी मानिसहरू सेलाटानका विभिन्न स्थानमा अस्थायी आश्रयस्थलमा बसिरहेका छन् । वर्षा कारण २० हजारभन्दा बढी घर डुबानमा परेको र कम्तीमा आठ वटा पुल भत्किएका छन् ।

बिहीबारदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा धेरै गाउँहरूमा पुग्ने सडक अवरुद्ध भएको छ भने स्थानीयहरू विद्युतविहीन भएका छन् । 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ५ : ५७ बजे

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि