इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ गोलले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा डेक्लेन रिस र काइ हाभेर्टजले एक–एक गोल गरेका थिए । ब्रेन्टफोर्डका योअने विसाले एक गोल फर्काएका थिए ।

आर्सनलका डेक्लेनले खेलको १९औँ मिनेटमा सुरुवात गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा ब्रेन्टफोर्डका विसाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८६औँ मिनेटमा हाभेर्टजले गरेको गोलसँगै आर्सनल २–१ गोलले विजयी भयो ।

यो जितसँगै आर्सनल २८ खेलबाट ६४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुलको ६३ र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६२ अंक छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ९ : २२ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ