राष्ट्रियसभामा बजेटको सिद्धान्त र प्राथमिकता बारे छलफल | Khabarhub Khabarhub

राष्ट्रियसभामा बजेटको सिद्धान्त र प्राथमिकता बारे छलफल


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।

बैठकमा राष्ट्रियसभा सदस्यहरूले राष्ट्रिय आवश्यकता तथा आकांक्षाको पहिचान गरी बजेट तर्जुमा गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा समिति सदस्य सांसद सुरेशकुमार आलेमगरले ऊर्जा, कृषि र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर बजेटको सिद्धान्त र प्राथमिकतामा बनाइनुपर्ने बताए ।

सत्तासमिकरणको विषयलाई राजनीतिमा स्वाभाविक रूपमा लिनुपर्ने भन्दै कसैले असन्तुष्ट व्यक्त गर्न नपर्ने उनले बताए । उनले आफूसँग हुँदा इमानदार र नहुँदा बेइमान भन्न नमिल्ने धारणा राखे ।

त्यस्तै अर्का सदस्य जगतबहादुर पार्कीले मुलुकको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर नयाँ समीकरण बनेको भन्दै यसले देशको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी आर्थिक वर्षको बजेट बनाउँदा मुलुकको आर्थिक, शिक्षा स्वास्थ्य, रोजगारलगायतका अवस्थाको गम्भीर विश्लेषण गरेर तयार पारिनुपर्ने धारण राखे ।

त्यस्तै राष्ट्रियसभा सदस्य युवराज शर्माले कांग्रेससंगको सहकार्यमा प्रधानमन्त्रीले कांग्रेसप्रति लगाएका आरोप सत्य नभएको बताए । उनले न्यून राजस्व सङ्कलन, पुँजीगत खर्चमा न्यूनता, लगानीमा कमी र बढ्दो सार्वजनिक ऋण, घट्दो बजार मागलगायतका समस्या देखिएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ४ : ३७ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ