पर्यटन प्रवर्द्धनमा सक्रिय हुन पर्यटनमन्त्रीको आग्रह | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धनमा सक्रिय हुन पर्यटनमन्त्रीको आग्रह


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रिय रूपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिएका छन् ।

नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आज मन्त्रालयमा नियुक्ति पत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै मन्त्री तामाङले पर्यटन प्रवर्द्धनका साथै विदेशबाट बढी भन्दा बढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गरे । मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति प्रवर्द्धकको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दै उनले देश र जनताको पक्षमा काम गर्न आग्रह गरे ।

यही फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ प्रवर्द्धक नियुक्त गरेको थियो ।

प्रवर्द्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरि हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने बताए ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यस पटकबाट पर्यटक प्रवर्द्धक नियुक्ति गरेको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०६४ को पर्यटन प्रवर्द्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निर्णय गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ५ : ०७ बजे

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२

थप चार उद्योग निजीकरण गर्दै सरकार

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ

अर्थमन्त्रीको जवाफ- लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार बजेट आएको हो

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म