पर्यटन प्रवर्द्धनमा सक्रिय हुन पर्यटनमन्त्रीको आग्रह « Khabarhub

पर्यटन प्रवर्द्धनमा सक्रिय हुन पर्यटनमन्त्रीको आग्रह


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रिय रूपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिएका छन् ।

नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आज मन्त्रालयमा नियुक्ति पत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै मन्त्री तामाङले पर्यटन प्रवर्द्धनका साथै विदेशबाट बढी भन्दा बढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गरे । मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति प्रवर्द्धकको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दै उनले देश र जनताको पक्षमा काम गर्न आग्रह गरे ।

यही फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ प्रवर्द्धक नियुक्त गरेको थियो ।

प्रवर्द्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरि हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने बताए ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यस पटकबाट पर्यटक प्रवर्द्धक नियुक्ति गरेको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०६४ को पर्यटन प्रवर्द्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निर्णय गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ५ : ०७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले