धनुषामा एक महिला बलात्कृत, एक जना पक्राउ  « Khabarhub

धनुषामा एक महिला बलात्कृत, एक जना पक्राउ 


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

ढल्केवर– धनुषामा एक महिलामाथि बलात्कार भएको छ । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका युवकले गत २४ फागुनमा राति मिथिला नगरपालिका–३ बस्ने एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ ।

घटना लगतै महिला हारगुहार गर्दै चिच्याएपछि स्थानीयले युवकलाई प्रहरीमा जिम्मा लगाएका थिए।

आफ्नै घरमा सुतिरहेको बेला २४ वर्षीय युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा किटानी जाहेरीसमेत दिएकी छन् ।

आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ६ : ११ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना