मधेस केन्द्रीत दलबीच कार्यगत एकताकाे घोषणा | Khabarhub Khabarhub

मधेस केन्द्रीत दलबीच कार्यगत एकताकाे घोषणा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेस केन्द्रीत दलहरु जनमत पार्टी, तमलोपा र जनता प्रगतिशील पार्टीबीच कार्यगत एकता भएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका ह्रदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष अध्यक्ष वृषेन्द्रचन्द लालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आइतबार कार्यगत एकताको घोषणा गरेका हुन् ।

यसअघि तमलोपा र जनता प्रगतिशीलबिच कार्यगत एकता भएको थियो । सो अभियानमा जनमत पार्टी पनि मिसिएको हो । जनता प्रगतिशिल पार्टीले कार्यगत एकताका लागि लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि प्रस्ताव गरेको छ ।

दलले देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग भएको भन्दै ७ बुँदे सहमति समेत गरेका छन् । ती दलले नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न, तराई मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभदेहरु अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्ने, गुणस्तरीय शिक्षा स्वास्थ्य र समाजिक सुरक्षा सुनिश्चित गर्नेलगायत ७ बुँदे सहमति गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ६ : २२ बजे

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र

कृषकलाई अनुदानमा मौरी घार वितरण

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन