राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका शर्माले दिए उम्मेदवारी | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका शर्माले दिए उम्मेदवारी


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

शर्माले संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

शर्माको प्रस्तावकमा कंग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कंग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंह छन् ।

संसद सचिवालयले आज दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण गरेको छ । यस्तै, दिउँसो साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

अध्यक्ष पदका लागि भोलि बिहान ११ बजेर ९ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठकमा चयन प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ११ : ४० बजे

पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा 

वालिङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल

महुली लघुवित्तको एफपीओ आजदेखि खुला

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको फर्दर पब्किल इस्यू (एफपीओ)

भक्तपुर अस्पतालमा सेवा सञ्चालन विस्तार गरिँदै

भक्तपुर – भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने

चितवन – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक