इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो « Khabarhub

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मर्नेहरूको सङ्ख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) ले सोमबार बताएको छ । 

उद्धारकर्मीहरूले माटो र भग्नावशेषमा ११ जना बेपत्ता मानिसहरूको खोजी गरिरहेका छन् । विपद् न्यूनीकरण निकायका प्रवक्ता अब्दुल मुहारीले प्रकोपबाट कम्तिमा ३९ हजार मानिस प्रभावित भएको र एजेन्सीले स्थानीय अधिकारीहरूसँग मिलेर विपद् न्यूनीकरणलाई गति दिन र प्रभावितलाई सहायता वितरण गर्न काम गरिरहेको बताए।  

गत बिहीबार भारी बर्सातसँगै आएको बाढी, पहिरो र डुबानका कारण हजारौं घर र सार्वजनिक क्षेत्रहरू डुबानमा परेका थिए । उक्त प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विद्युतविहिन बनेका छन् भने प्रान्तीय प्रशासनले दुई हप्ताका लागि प्राकृतिक विपत्‌को चेतावनी जारी गरेको छ । 

‘प्यासिफिक रिंग अफ फायर’मा अवस्थित इन्डोनेसियामा बारम्बार शक्तिशाली आँधी आउने हुँदा आकस्मिक बाढी र पहिरो जाने गर्छ । उक्त क्षेत्र भूकम्प र ज्वालामुखी विस्फोटबाट पनि निरन्तर प्रभावित हुनेगर्छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ३७ बजे

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले

जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

दोलखा– जिरी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा

गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई अहिले

काठमाडौँ फिल्म फेस्टिभल गर्ने महानगरको योजना

काठमाडौं- काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियको चलचित्र महोत्सव आयोजना गर्ने योजना बनाएको