इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो « Khabarhub

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मर्नेहरूको सङ्ख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) ले सोमबार बताएको छ । 

उद्धारकर्मीहरूले माटो र भग्नावशेषमा ११ जना बेपत्ता मानिसहरूको खोजी गरिरहेका छन् । विपद् न्यूनीकरण निकायका प्रवक्ता अब्दुल मुहारीले प्रकोपबाट कम्तिमा ३९ हजार मानिस प्रभावित भएको र एजेन्सीले स्थानीय अधिकारीहरूसँग मिलेर विपद् न्यूनीकरणलाई गति दिन र प्रभावितलाई सहायता वितरण गर्न काम गरिरहेको बताए।  

गत बिहीबार भारी बर्सातसँगै आएको बाढी, पहिरो र डुबानका कारण हजारौं घर र सार्वजनिक क्षेत्रहरू डुबानमा परेका थिए । उक्त प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विद्युतविहिन बनेका छन् भने प्रान्तीय प्रशासनले दुई हप्ताका लागि प्राकृतिक विपत्‌को चेतावनी जारी गरेको छ । 

‘प्यासिफिक रिंग अफ फायर’मा अवस्थित इन्डोनेसियामा बारम्बार शक्तिशाली आँधी आउने हुँदा आकस्मिक बाढी र पहिरो जाने गर्छ । उक्त क्षेत्र भूकम्प र ज्वालामुखी विस्फोटबाट पनि निरन्तर प्रभावित हुनेगर्छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ३७ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका