रुसी सेनामा भर्ती भएकाहरुलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह | Khabarhub Khabarhub

रुसी सेनामा भर्ती भएकाहरुलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । मंगलबार साँझ सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा उनीहरुले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन पहल गर्न आग्रह गरेका छन् । सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न आफन्तहरुको आग्रह छ ।

जवाफमा परराष्ट्र मन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताए । सरकारले उनीहरुलाई नेपाल फर्काउनका लागि प्रयास गरिहेको श्रेष्ठको भनाइ छ ।

भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै श्रेष्ठले स–युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको बताए । रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दुतावासमार्फत आफूले पाएको उनले बताए ।

रुसी सेनामा कार्यरत नेपालीहरुसँग गरिएको सम्झौता रद्ध गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन रुस सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ०६ बजे

एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस्

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले

वर्षमान भन्छन्- यो सरकारलाई बिचौलिया र स्वार्थ समूहले चलाएको पुष्टि भइसक्यो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उमहासचिव वर्षमान पुनले

भूकम्प दिवसका दिन धरहराबाट देखिएको कंक्रिटको शहर (तस्बिरहरू) 

काठमाडौं– २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको

कुलमानलाई नहटाउँदै सूचना चुहिएपछि सरकार प्रवक्ताले भने- मन्त्री नै अनलाइनका समाचारदाता रहेछन्

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणका

जनतामा निराशा मौलाउँदै गयो, विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नुपर्छ : सांसद विष्ट

काठमाडौं– नेकपा एमालेका सांसद गोकर्ण विष्टले जनतामा देखिएको निराशा र