जोगियो प्रचण्ड सरकार, पक्षमा १५७, विपक्षमा ११० « Khabarhub

जोगियो प्रचण्ड सरकार, पक्षमा १५७, विपक्षमा ११०


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा  २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले पक्ष-विपक्षमा मत दिएनन् ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्क्ति पार्टीले विश्वासको मत दिए ।

विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभिए ।

प्रधानमन्त्री प्रचण्डले  यसअघि दुई पटक विश्वासको मत पाइसकेका छन्  ।

पहिलाे पटक २०७९ पुस २६ गते प्रधानमन्त्रीले २६८ मत पाएका थिए ।

दोस्रो पटक ०७९ चैत ६ गते प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ मत परेको थियाे ।

याे पनि…

प्रधानमन्त्रीले भने : कांग्रेस- एमाले मिलेर देखाउनुहोस्, कामना छ

 

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ४६ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न