आज विश्व मिर्गौला दिवस मनाइँदै | Khabarhub Khabarhub

आज विश्व मिर्गौला दिवस मनाइँदै


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ ।

यस वर्षका लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा तय गरिएको छ ।

विभिन्न स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले आज बिहान रत्नपार्क, शान्ति बाटिका बाट मिर्गौला पदयात्राको सुरुवात गर्दैछन् ।  उक्त पदयात्रा दशरथ रङ्गशालामा पुगेर प्रत्यारोपित र अङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ ।

तथ्याङ्कअनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना हुने गरेको छ ।

मिर्गौलाले रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने काम गर्छ । साथै मिर्गौलाले शरीरमा पानीको मात्रालाई पनि सन्तुलनमा राख्ने काम गर्छ ।

मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्तकोशिका निर्माणमा मद्दत गर्छ । तर मिर्गौला सम्बन्धी रोग लागेमा मिर्गौलाले यी कामहरू गर्न सक्दैन ।

यो पनि…
नेपालमा ३० लाख मानिसमा मिर्गौलाको समस्या

मिर्गौलासम्बन्धी रोगका कारक तत्त्वहरू

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : ०५ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको