‘गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बसिरहनुभएको छ ?’ | Khabarhub Khabarhub

‘गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बसिरहनुभएको छ ?’


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

विगत केही दिनदेखि निरन्तररुपमा प्रमुख प्रतिपक्षले संसदमा प्रश्न उठाउँदै आएको छ । प्रधानमन्त्री त्यो प्रश्नको सामना गर्नको साटो भागेर हिँड्नुभएको छ । प्रधानमन्त्रीको यस विषयमा ‘डबल स्टाण्डर्ड’ देखियो ।

अहिलेका गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेसा अपनाउनुभएको थियो । उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ, आफ्ना विरुद्ध प्रश्नहरु उठाउन मिल्दैन, प्रश्नहरुलाई निषेध गर्न पाउनुपर्छ भन्न मिल्दैन ।

आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । सम्मानीय प्रधानमन्त्रीज्यूले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनुहुँदैनथ्यो ।

आज ३३ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन् । त्यो बचतकर्ताको माग छ, सहकारी सञ्चालकको सम्पत्तिबाट हाम्रो बचत फिर्ता दिनुपर्छ । अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ ? म प्रश्न गर्न चाहन्छु ।

पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ? पीडितहरुले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ ? म आग्रह गर्न चाहन्छु, मेरा मित्र माननीय गृहमन्त्रीज्यूलाई, उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नोस् ।

प्रधानमन्त्रीज्यूले पटक–पटक भनिरहनुहुन्छ– सुशासन । विगतको गठबन्धन तोड्दा पनि उहाँले नेपाली कांग्रेसका कारणले सशासन लागू नर्ग नसकेको आशय प्रकट गर्नुभयो । सुशासनको चिन्ताले गठबन्धन तोडेको उहाँले भन्नुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई म प्रश्न गर्न चाहन्छु– जसको अनुसन्धान जुन मन्त्रालयले गर्नुपर्ने हो, त्यही मन्त्रालयको तालाचाबी अनुसन्धान गर्ने मान्छेलाई दिएर सुशासन प्राप्त हुन सक्छ ?

अर्को नयाँ प्रकरण आएको छ– सुन तस्करी । म तत्कालीन प्रतिपक्ष एमालेलाई विशेष धन्यवाद दिन चाहन्छु । यस्ता प्रकरणहरुको छानविन राज्यका संयन्त्रबाट हुन सक्दैन, जाँचबुझ आयोग बनाउनुपर्छ भनेर त्यो बेलामा प्रतिपक्षले भनेको थियो ।

सत्तारुढ पार्टीको सांसद भएर पनि मैले त्यही कुरा उठाएको थिएँ । आज प्रहरीले राजनीतिक मान्छेलाई छानविनको दायराभित्र ल्याउन पनि त सक्दोरहेनछ नि ।

गृहमन्त्री स्वयंले स्वीकार गर्नुभएको छ, प्रमाणहरु नष्ट भए । तपाई मातहतको गृह मन्त्रालयमा प्रमाण नष्ट हुँदा तपाई कुन नैतिकताले कुर्सीमा बसिरहनुभएको छ ? म प्रश्न गर्न चाहन्छु ।

सुनकाण्डले धेरैलाई प्रश्न गरेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू, प्रश्नै प्रश्नले घेरिएका मान्छेका बीचमा बसेर तपाईँले सुशासन लागू गर्न सक्नुहुन्छ ? कि यो सुशासन भनेको भन्ने कुरा हो ? यो भन्ने कुरा होइन, लागू गर्ने कुरा हो । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु– प्रश्नको घेराभित्र रहेको कुनै पनि व्यक्तिलाई सरकारमा नलाने नजिर स्थापित गरौं ।

प्रधानमन्त्रीबाट त्यसको इमान्दार प्रतिवद्धता यो संसदमा व्यक्त हुनुपर्छ । त्यस अनुसारको काम हुनुपर्छ । यो समग्र प्रकरणलाई नयाँ शिराबाट छानविन हुने ग्यारेन्टी नभएसम्म, प्रधानमन्त्रीले त्यस अनुसार जवाफ दिएर विश्वास नदिलाएसम्म नेपाली कांग्रेसले निरन्तर यो प्रश्न उठाइरहनेछ ।

सम्मानीय सभामुखज्यू, यसलाई गम्भीरतापूर्वक लिइयोस् । यसलाई सामान्य नसोचियोस् । यो विषय सामान्य होइन । हामीले सुशासनका निम्ति उठाएको विषय हो । त्यसकारण सदनको काम कारवाही पनि यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढोस् ।

(नेपाली कांग्रेसका युवा नेता एवं सांसद प्रदीप पौडेलले शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको विचार)

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १ : २८ बजे

एमालेको राष्ट्रिय महिला भेलामा जे देखियो…   

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेला

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२

फलामको कच्चा पदार्थमा कर बढ्दा छड उत्पादक असन्तुष्ट, उद्योग संकटमा पर्ने चिन्ता

काठमाडौं– सरकारले आर्थिक विधेयकमार्फत् कच्चा पदार्थको आयातमा कर वृद्धि गरेपछि

कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको हो : उपाध्यक्ष  शाक्य 

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट पार्टीले नै महिलालाई

बजेटले जनतामा आशाको सञ्चार गरेको छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारबाट